एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यान्चेष्टर सिटीमाथि शानदार जित हासिल गरेको छ । आईतबार घरेलु मैदान एनफिल्डमा लिभरपुलले सिटीलाई ३–१ गोल अन्तरले हराएको हो ।

लिभरपुलले ६ मिनेटमै अग्रता बनाएको थियो । फाबिन्होले छैटौ मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको अन्त्यतिर म्यानचेस्टर सिटीले १ गोल फर्कायो । ७८ औं मिनेटमा सर्जियो एग्यूरोको क्रसमा बर्नाडो शिल्भाले गोल गरेका हुन् ।

सिटीमाथिको सहज जितसँगै लिभरपुलले अंक तालिकामा ८ अंकको स्पष्ट अग्रता बनाएको छ । प्रिमियर लिगमा अपराजित रहेको लिभरपुलले १२ खेलबाट ३४ अंक जोडेको छ । दोस्रो स्थानको लेस्टर सिटीको समान खेलबाट २६ अंक छ । २६ अंक नै रहेको चेल्सी तेस्रो तथा २५ अंक जोडेको म्यानचेस्टर सिटी चौथो स्थानमा यथावत छ ।

 

Comments