मेलबर्न । अष्ट्रेलियामा विगत तीन दिन यता फैलिएको आगलागी प्रमुख शहर सिड्नीमा समेत फैलिन सक्ने चेतावनी दिइएको छ ।

न्यू साउथ वेल्स् र क्वीन्स्ल्याण्डमा झाडीयुक्त जंगलमा गत शुक्रबारबाट फैलिएको आगलागीमा तीन जनाको मृत्यु भैसकेको छ भने हजारौं विस्थापित भएकाछन् । ती दुई राज्यमा संकटकालीन अवस्था समेत घोषणा गरिएको छ । आगलागी सय भन्दा बढी स्थानबाट फैलिरहेकोले पनि नियन्त्रण लिन चुनौति रहेको अधिकारीहरुले जनाएका छन् ।

आगलागी जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरणको लागि अपिल गरिएको छ । लगभग १ हजार किलोमिटरको दायरामा फैलिरहेको आगलागी अष्ट्रेलियाको अर्को प्रमुख शहर सिड्नी देखि व्रिसवेन नजिकको गोल्डकोष्टमा समेत पुग्न सक्ने आंकलन गर्दै सुरक्षा सर्तकता अपनाउन आग्रह गरिएको छ ।

Comments