काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कको आकासे पुल भत्काइने भएको छ । कलंकी महराजगञ्ज सडक विस्तारका लागि पुल भत्काइन लागिएको काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष खेम तिवारीले जानकारी दिए ।

उनका अनुसार सो सडक चिनियाँ कम्पनीले विस्तार गर्न लागेको हो । मंसिर पहिलो सातादेखि आकासे पुल भत्काउन सुरु गर्ने भनिए पनि टुंगो नलागेको उनले बताए ।

पहिलो चरणको चक्रपथ विस्तारको काम कोटेश्वरदेखि कलंकीसम्म सम्पन्न भइसकेको छ । नागरिक दैनिकले खबर छापेको छ ।

Comments