मेलबर्न । अष्ट्रेलियाको नयाँ रिजनल भिसा ( ४९१) यही नोभेम्बर देखि लागु हुँदैछ । ४८९ भिसाको ठाउँमा आउन लागेको उक्त भिसा नोभेम्बर १६ देखि लागु हुने बताइएको छ ।
उक्त ४९१ भिसाको लागि सरकारले पोइन्ट सिस्टमको बारे सुचना सार्वजनिक गरेको छ । परिवारबाट नोमिनेट भएकोलाई १५ पोइन्ट, साइन्स तथा टेक्नोलोजी, इञ्जिनियरिङ्ग आदि दक्ष पेशाको लागि १० पोइन्ट, सिंगल व्यक्ति या दक्ष पार्टनर भएमा १० पोइन्ट, राम्रो अंग्रेजीको लागि ५ पोइन्ट अतिरिक्त मिल्ने बताइएको छ ।
यसरि पोइन्ट सिस्टम अनुसार ४९१ भिसा प्राप्तिको लागि व्यक्तिले कम्तिमा ६५ पोइन्ट ल्याउनुपर्नेछ । शिक्षा, कामको अनुभव, व्यक्तिको उमेर आदिमा यो पोइन्ट निर्भर गर्छ । सरकारले यो भिसाको लागि ६५ पोइन्ट नै ल्याउनुपर्ने र यसमा कुनै पनि किसिमको सम्झौता नहुने बताएको छ ।
Source : SBS News

Comments