एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलरको जरिवाना तिर्न आदेश दिइएको छ ।

न्यूयोर्कका एक न्यायाधीशले ट्रम्पलाई आफ्नो परोपकारी संस्थाको रकमको अवैध प्रयोग गरेको अभियोगमा २० लाख डलर जरिवानाको आदेश दिएका हुन् ।

राष्ट्रपति ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपति चुनावमा परोपकारी संस्थाको रकम प्रयोग गरेको आरोप लागेको थियो । न्यायाधीसले राष्ट्रपति ट्रम्पले नै सो रकम तिर्नुपर्ने आदेशमा उल्लेख गरेका छन् ।

Comments