मानव अङ्ग प्रत्यारोपणको इतिहासमा महत्वपूर्ण सफलता हासिल भएको छ | अष्ट्रेलियामा कार्यरत नेपाली चिकित्सक डा. कुमुद धितालले मृतक मानिसको शरीरबाट निकालिएको मुटु प्रत्यारोपण गरि तीन मुटु रोगीलाई जीवन प्रदान गर्न सफल भएका छन् | अहिलेसम्म ‘ब्रेन डेथ’ अर्थात दिमाग मरिसकेको तर मुटु भने चलिरहेको अबस्थाका मुटु मात्र प्रत्यारोपण गर्न सकिन्थ्यो । तर, धितालले चल्न छाडिसकेका तीनवटा मुटु प्रत्यारोपण गरेर चिकित्सा बिज्ञान क्षेत्रमा नयाँ आयाम थपिदिएका हुन्  ।

सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत डा.  धितालद्वारा  मरिसकेका मुटुलाई पुर्नजिवित गरी प्रत्यारोपण गरिएका दुई बिरामीलाई संचारकर्मीसामु प्रस्तुत गरिएको थियो । धिताल सम्मिलित चिकित्षक  टोलीले लामो समयदेखि यसरी मृत मुटुलाई पुर्नजीवन दिएर प्रत्यारोपण गर्नेबारे अनुसन्धान गर्दै आएको  । सो अस्पतालको मुटु प्रत्यारोपण युनिटका प्रमुख प्रोफेसर पिटर म्याकडोनाल्डले यो सफलताले मुटु रोगको उपचारमा ठूलो उपलब्धी हुने बताएका छन्  ।

 

Comments

comments