काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले मंसिर अन्तिमदेखि चीनको गोञ्झाओ उडान गर्ने तयारी गरेको छ ।

लामो समयको प्रयासपछि निगमले गोञ्झाओ उडान अनुमति पाउने सुनिश्चित भएको पर्यटन मन्त्रालयले जनाएको छ । हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारीअनुरुप निगमको गोेञ्झाओ उडान सुनिश्चित भएको हो । यसैबीच निगमले चीनको राजधानी बेइजिङ र सांघाई उडानका लागि चिनियाँ नियामक निकायसँग पहल थालेको छ । चिनियाँ प्राविधिक टोली डिसेम्बर महिनामा नेपाल आएर सेफ्टी अडिट गरेपछि निगमले थप उडान अनुमति पाउने विश्वास लिइएको छ ।

नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले यही कात्तिक दशदेखि चीनको राजधानी बेइजिङमा सीधा उडान शुरु गरिसकेको छ ।

Comments