मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा अन्तर्राष्ट्रिय डम्प्लिंग फेस्टिभल हुँदैछ । उक्त फेस्टिभलको एक आकर्षणको रुपमा नेपाली डम्प्लिंग अर्थात नेपाली म:म समेत रहने भएको छ ।
विगत केही वर्ष देखि नेपाली म:मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले म:म उत्सवको आयोजना गर्दै आएको सोलाङ्ग्चरले यसपाली अन्तर्राष्ट्रिय डम्प्लिंग महोत्सवको आयोजना गरेको हो । उक्त महोत्सवमा नेपाली म:म लगायत विभिन्न देशका डम्प्लिंग परिकारहरु रहने बताइएको छ ।
सोलाङ्ग्चरका राजु शाक्यले अष्ट्रेलिया लगायत अन्तर्राष्ट्रिय बजारमा डम्प्लिंग भन्नासाथ चिनियाँ वा जापानी परिकार भन्ने बुझिने गरेकोले नेपाली डम्प्लिंग अर्थात म:मलाई चिनाउनको लागि उक्त अन्तर्राष्ट्रिय डम्प्लिंग फेस्टिभल आयोजना गरिएको बताएका छन् । चीन, जापान, इटाली, रुस आदि देशमा पाइने डम्प्लिंग समेत रहने महोत्सवमा नेपाली म:मको प्रबर्द्धनको लागि धेरै भन्दा धेरै नेपालीहरु सहभागी भइ सहयोग गरिदिन शाक्यले नेपाली समुदायलाई आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय डम्प्लिंग फेस्टिभल आगामी ४ नोभेम्बर सोमबारका दिन क्विन भिक्टोरिया मार्केटमा हुनेछ । महोत्सव दिउँसो १२ बजे देखि राती १० बजेसम्म चल्ने बताइएको छ । रजिस्ट्रेसनको लागि यहाँ क्लिक गर्नुहोस् :

Comments