मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले यहाँ सवारी चलाउन अष्ट्रेलियाकै ड्राइभिङ लाइसेन्स अनिवार्य गरेको छ ।

राज्यको यातायात व्यवस्था हेर्ने आधिकारिक निकाय भिकरोडले अक्टुबर २७ बाट यस्तो प्रावधान लागू गरेको हो । भिकरोडले अन्तराष्ट्रिय सवारी चालक अनुमतिपत्र वाहकहरुलाई अबको ६ महिनाभित्र यहाँको लाइसेन्स लिन अपिल गरेको छ । पछिल्लो समय सवारी दुर्घटना र ट्राफिक नियम उल्लंघनका घटनामा वृद्धि भएसँगै नक्कली लाइसेन्सको विगविगी बढेपछि यस्तो प्रावधान लागू गर्नुपरेको भिकरोडको भनाइ छ । भिकरोडको नयाँ नियमपछि अन्राष्ट्रिय सवारी चालकहरु प्रभावित भएका छन् ।

यसअघि आ आफ्नो देशबाट जारी ड्राइभिङ लाइसेन्सको आधारमा सवारी चलाउन पाउने व्यवस्था थियो ।

Comments