काठमाडौं ।  हिन्दूहरूको पर्व दिपावलीलाई कलाकारले सेलिब्रेसन गरेका छन् । कलाकारले आफ्नो घरमा परिवारका साथ तिहार मनाएका हुन् ।

नायिका दीपाश्री निरौलाले आफ्नो जन्मघर विराटनगर पुगेर भाइटीका मनाएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो परिवारसँग टीका लगाएको तस्वीर शेयर गरेकी छिन् ।

अविवाहित दीपाश्री निरौला प्रायः तिहारका बेलामा आफ्नो जन्मघर विराटनगर पुगेकी हुन्छिन् । अरु बेलामा काठमाडौंमै व्यस्त रहे पनि चाडबाडका बेला भने जन्मघर पुग्ने गर्छिन् ।

यस्तै वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि भाइटीकाको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् । तस्वीरमा आचार्यले ३ दिदीबहिनीसँग तिहार मनाएको तस्वीर अपलोड गरेका छन् ।यस्तै सीताराम कट्टेलले पनि आफ्नो परिवारसँग भाइटीका मनाएका तस्वीर शेयर गरेका छन् । उनले शेयर गरेका तस्वीरमा दुई बहिनी र तीन भाइ देख्न सकिन्छ ।

यसैगरी, अभिनेता भुवन केसीले छोरा नायक अनमोल केसीसहित परिवारको तस्वीर शेयर गरेका छन् ।

यस्तै करिश्मा मानन्धरलगायत अन्य कलाकारले पनि तिहारको खुशीलाई सामाजिक सञ्जालमार्फत शेयर गरेका छन् ।

तस्वीरमा हेरौँ कलाकारको तिहार:

 

Comments