काठमाडौं । तिहार सेलरोटी र थरिथरिका मीठाइका परिकारहरुको चाड हो । तिहारमा बन्ने अधिकांश परिकारहरुमा चिल्लो र गुलियोको मात्रा धेरै हुन्छ ।

सेलरोटी पकाउदा केहीले घिउको प्रयोग गर्ने गर्दछन् । तर तेलमा पकाएको सेलरोटी उपयुक्त हुन्छ । सेलरोटी बनाउँदा तोरीको, भटमासको वा सूर्यमुखी तेल प्रयोग गर्नु राम्रो हुन्छ । सेलरोटी सँगसँगै फलफूल, सागपात र पानी प्रशस्त पिउनु पर्छ । खाली पेटमा सेलरोटी खाँदा एसिडिटी बढ्ने भएकोले केही सादा खाना खाएर मात्र सेलरोटी खानुपर्छ । मधुमेह, उच्च रक्तचाप, एसिडिटी भएको व्यक्तिले सेलरोटी धेरै खानु हुँदैन ।

Comments