एपीवान टेलीभिजनबाट प्रशारित लोक गायन रियालिटी शो ‘नेपाल लोकस्टार’ को उपाधि रोल्पाका शनि विश्वकर्माले चुमेका छन् । नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार हात पारे ।

प्रतियोगितामा चेतन गोतामे दोस्रो भई २५ लाख नगद पुरस्कार प्राप्त गरे । तेस्रो उदयपुर कटारीका विनोद दनुवारले जिते । उनले १० लाख नगद प्राप्त गरेका छन् । त्यसैगरी रामेछापका रामकुमार नेपाली सान्वना भए ।सान्त्वना भएका उनले दुई लाख हात पारे ।

नेपाल लोकस्टार नेपाली लोकसंगीतको इतिहासमा धेरै पुरस्कार राशिको सांगीतिक कार्यक्रम हो । देशभरका विभिन्न ठाउँमा भएको अडिसनबाट लोकस्टारका उत्कृष्ट छनोट भएका थिए ।

Comments