काठमाडौं। सरकारले भाइटीकाकाे भाेलिपल्ट सार्वजनिक बिदा दिएको छ। बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले बिदा दिने निर्णय भएको जानकारी दिए।

नेवार समुदायले केही दिनअघि आफूहरुको भाइटीका पर्ने दिनमा बिदा दिन माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। नेवारी समुदायले पञ्चाङग निर्णायक समितिले भने तिहारको भाइटीका कात्तिक १२ गतेलाई तोकेको छ।

‘किजा पूजाको अवसरमा २०७६ कात्तिक १३ गते बुधबारका दिन सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था शिक्षण संस्थाहरुसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ’, मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ।

Comments