काठमाडौं । पूर्व युवराज पारस शाहसँग नाम जोडिएर चर्चामा आएकी युट्युवर सोनिका रोकायले आफूहरुबीचको सम्बन्धबारे खुलासा गरेकी छिन् ।

काठमाडौंबाट प्रकाशित हुने शुक्रवार साप्ताहिकसँगको कुराकानीमा सोनिकाले पूर्व युवराज पारससँग आफू नजिक भएको कुरा स्वीकारेकी हुन् । तर बाहिर आए जस्तो अफेयर भने आफूहरुबीच नरहेको उनले दाबी गरेकी छिन् ।

कुराकानीमा उनले भनेकी छिन्–कोहीसँग बोल्दैमा, भेट्दैमा ऊसँग हाँस्दैमा हाम्रो समाजले नराम्रो सोच्छ तर अहिले त हामी एडभान्स भइसक्यौँ नि । के सही हो, के गलत हो भन्ने छुट्याउन सक्छौँ। हाम्रो सम्बन्धको कुरा हल्ला मात्रै हो तर म उहाँसँग नजिक भा’छु।

कहिलेदेखि चिनजान हो दुवैको भन्ने प्रश्नमा सोनिकाले आफ्नो पनि लगानी रहेको दरबारमार्गस्थित लिक्विड लाउन्जको ओपेनिङमा पारसलाई बोलाइएपछि आफूहरुबीच चिनजान भएको बताइन् । भेटघाटमा आफ्नो खुला किसिमको व्यवहार देखेर पारसले मिडियामा राम्रो काम गर्न सक्छौ भनेर उत्साह दिएको स्मरण गरिन् । इन्टरटेन्मेन्टका लागि तिमीले लेभल मिलाएर काम गरिरा’छौ भनेर सुझाव दिने मान्छे पारस मात्र भएको सोनिकाले दाबी गरिन् । उनले थपिन्–त्यस्तो मान्छेलाई मैले बेलाबखत किन नभेटूँ ? मेरो राम्रो कुरालाई नेपाली मिडियाले कहिल्यै राम्रो भनेर कभर गरेन। मैले केही न केही त राम्रो गरेँ होला नि ! मैले भारतका चर्चित कमेडियन कपिल शर्माको अन्तर्वार्ता लिएँ तर त्यसको प्रशंसा कसैले गरेन। बरु एक पत्रकारले कपिलसँग सांस्कृतिक कार्यक्रम भयो होइन त भनेर मलाई फोन गरे। अब मैले कपिल शर्मासँग सेक्स गरेर इन्टरभ्यु लिएको भनिदिने ?

पारस र आफूलाई लिएर पछिल्लो समय मिडियामा आएको चर्चालाई आफूहरु दुवैजनाले सामान्य रुपमा लिएको सोनिकाले बताइन् ।

Comments