आर्थिक वर्ष २०७१ ७२ को भाद्र महिनामा वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ६ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा वार्षिक विन्दूगत आधारमा खाद्य तथा पेय पदार्थको मूल्य सूचकांक बृद्धिदर १०।८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको हो । यस अवधिमा गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांक बृद्धिदर ४ दशमलव ८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मूल्य सूचकांक क्रमशः ९ दशमलव ४ प्रतिशत र ६ दशमलव ८ प्रतिशतले बृद्धि भएको थियो ।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुहरुमध्ये फलफूल उपसमूहको मूल्य सूचकांकको बृद्धिदर सबैभन्दा बढी अर्थात् २६ दशमलव ४ प्रतिशत रहेको छ ।

Comments

comments