काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिको बुधबार बसेको बैठकले यस वर्षको भाइटिकाको साइत सार्वजनिक गरेको छ ।  भाइटिकाको उत्तम साइत विहान ११ बजेर ५५ मिनेटमा रहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

कात्तिक १२ गते मंगलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ ।

कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल सम्वत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । यसै दिनदेखि नेपाल संवत् ११४० सुरु हुन्छ ।

Comments