एजेन्सी । हलिउड गायिका लेडी गागा सांगीतिक प्रस्तुति दिने क्रममा घाइते भएकी छन् ।

लस भेगासमा आयोजित कन्सर्टमा फ्यानसँग डान्स गर्ने क्रममा उनी स्टेजबाट खसेकी थिइन् ।

कन्सर्टमा फ्यानसँग डान्स गर्दा अनियन्त्रित भएर स्टेजबाट खस्दा उनको हातमा चोट लागेको थियो ।

फ्यानले उनलाई स्टेजमा उठाउँदा सन्तुलन गुमाएपछि दुवै जना स्टेजबाट खसेका थिए । घाइते भएलगत्तै सो फ्यानसँग स्टेजमा पुगेर भनिन्, ‘यो घटनाबाट तपाई दुःखी हुनुहुन्न भनेर मलाई बाचा गर्नुस् ।’

सो घटनापछि उनलाई अस्पताल लगिएको थियो ।

Comments