काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मतगणना अझै जारी छ ।

हिजो राती अबेरसम्म अन्तिम अतपरिणाम आइसक्ने अपेक्षा गरिएपनि विवादको कारण आज बिहानसम्म अन्तिम मतपरिणाम आइसकेको छैन ।

गए राति अध्यक्षका प्रत्यासी कुल आचार्य र उहाँका प्रतिनिधिलाई मतगणना भएको स्थलमा छिर्न नदिएको भन्दै उहाँका समर्थकले हंगामा मच्चाएका थिए । उनीहरुले नाराबाजी गर्दै तोडफोडको प्रयास गरेपछि दुई पक्षीय झडप समेत भएको थियो ।

झपडपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । तनावका कारण मतगणना नै प्रभावित बन्न पुगेको थियो ।

पटक पटकको विवादका कारण प्रभावित हुँदै आएको एनआरएनको मतगणनामा समेत सुस्तता आएको छ ।

गैरआवासीय नेपालीको हर्कतका कारण नवौं विश्व सम्मेलन नै विवादित बन्न पुगेको छ ।

निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका छन् ।

Comments