काठमाडौं । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ।

८१ देशमा संगठन रहेको एनआरएनएका शाखा र केन्द्रीय समितिका गरी २ हजार ६ सय ५६ बढी मतदाता रहेकामा २३४१ मत खसेको निर्वाचन समितिले जनाएको छ। मत परिणाम आजै सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

एशिया प्रशान्त, अफ्रिका, युरोप, मध्यपूर्व र अमेरिका–ओसियाना गरी ६ वटा छुट्टाछुट्टै बुथ निर्माण गरी मतदानको व्यवस्था मिलाइएको थियो।

गैरआवासीय नेपाली संघको अध्यक्षमा वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तबीच मुख्य प्रतिस्पर्धा छ। अध्यक्षका प्रत्यासी आचार्य र पन्त दुवैले छुट्टाछुट्टै समूह बनाएर प्रतिस्पर्धा गरेका छन्।

Comments