काठमाडौँ । गैरआावासीय नेपाली संघ (एनआरएनए)को नवौ विश्व सम्मेलन तथा महाधिवेशन मंगलवारदेखि काठमाडौंमा शुरु हुँदैछ ।

एनआरएनले सोमबार आफ्नै भवनमा आयाजित पत्रकार सम्मेलनमा महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ‘म मेरो एनआर एनए र मेरो नेपाल’ मूल विषयमा आधारित भएर नेपाल सरकार, उद्योग वाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा मंगलवार शुरु हुने नवौँ अर्न्तराष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन गर्दै विहीवार समापन हुनेछ ।

सम्मेलनले नेपालको समृद्धिको यात्रामा दिशानिर्देश हुने एजेण्डामा बृहत छलफल हुने बताइएको छ।

सम्मेलनमा ८१ मुलुकका गैर आवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी÷विदेशीको सहभागीता रहने आयोजकले जनाएको छ। ती मुलुकबाट करिब २ हजार ५ सयको सहभागिता रहने एनआरएनएले जनाएको छ।

Comments