मेलबर्न । चितवन समाज भिक्टोरिया,अष्ट्रेलियाले नेपालको चितवनमा अवस्थित आदर्श घरलाई तीन लाख नब्बे हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

अवसरबाट बन्चित महिला तथा बालबालिकाहरुको सशक्तिकरणमा लामो समयदेखि काम गरिरहेको आदर्श घर चितवनको सहयोगार्थ समाजले केहि समय अघि च्यारिटी डिनरबाट संकलित सहयोग रकम सोमवार एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो । कार्यक्रममा चितवन समाज भिक्टोरियाका सदस्य सुमन अधिकारी, पूर्व सभापति सोमप्रसाद गुरुङ, पूर्व उपसभापति राम कंडेल, सामजिक अभियन्ता आदर्श घर संस्थापिका मिना खरेल लगायत सहभागी हुनुहुन्थ्यो ।

समाजले च्यारिटी डिनरमा सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गरेको छ ।

Comments