काठमाडौं । महिलामाथि दुव्र्यवहार मुद्दामा प्रकाउ पर्नुभएका निर्वतमान सभामुख कृष्णबहादुर महराको सासंद पद पनि निलम्वन भएको छ ।

आज संघीय संसदको प्रतिनिधिसभाले सुचना जारी गर्दै महरा सांसद पदबाट निलम्वन भएको जानकारी गराएको हो । यो सुचना सगै महराको साँसद पद पनि गुमेको छ । तत्कालीन सभामुख महरालाई जवरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरिएको जानकारी सुचना टाँसेर गराएको हो । संसदका महासचिव मनोहरप्रसाद भट्टराईले आज एक सुचना जारी गर्दै महरालाई पक्राउ गरिएको औपचारिक जानकारी गराउनुभएको हो । असोज १९ गते प्राप्त भएको लिखित पत्रपछि आज संसद सचिवालयले सुचना प्रकाशित गरेको हो । प्रतिनिधि सभाको नियमावलीको नियम २४४ अनुसार उक्त सुचना प्रकाशन गरिएको हो ।

उक्त नियमावलीमा प्रतिनिधि सभाको सदस्य पक्राउको जानकारी दिने व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार महासचिवले सभामुखवाट राजिनामा दिएपछि संसद पदमा कायम रहेका महरालाई पक्राउ गरेको जानकारी गराएको हो । संसद सचिवालयको सुचनामा महरामाथि अनुसन्धानका लागि संविधानको धारा १०३ अनुसार पक्राउ अनुमति जिल्ला अदालतवाट लिएर पक्राउ गरिएको उल्लेख छ । सभामुख निवासवाट असोज १९ गते उहाँलाई नियन्त्रणमा लिएको कुरा उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई जानकारी गराएको उल्लेख छ ।

यसैबीच हिरासतमा रहनुभएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ । महराको स्वास्थ्यमा समस्या आएपछि उहाँलाई नर्भिक अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । उच्च रक्तचापका विरामी महराको स्वासप्रश्वासमा समेत समस्या देखिएको छ । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका महराको आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयानसमेत लिइएको थियो । बयानपछि उहाँलाई सरकारी वकिल कार्यालयबाट अस्पताल लगिएको हो । ०००

Please follow and like us:

Comments