कुनै पनि संघसंस्थाको जिम्मेवारी लिने नेतृत्व यदि कुशल नेतृत्व लिन सक्ने र भिजन सहितको छ भने उक्त नेतृत्वले छोटो अवधिमै प्रभावकारी काम गर्न सक्छ । यस्तै एउटा उदाहरण बनेको छ एनआरएनए अष्ट्रेलियाको २०१७-१९ को कार्यकारी टिम ।

एनआरएनए अष्ट्रेलियाको २०१७-१९ को अध्यक्ष पदमा टोनु घोताने विजयी हुनुभएको थियो । एनआरएनए अष्ट्रेलियाले नेपाललाई भन्दा बढी अष्ट्रेलियामा रहेका नेपालीलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ भन्ने मान्यता राख्ने घोताने आफ्नो कार्यकालमा ‘Act Local , Think Global ‘ भन्ने नारालाई आत्मसात गर्दै अगाडी बढ्नुभयो । यसैकारण उहाँको दुई वर्षे कार्यकालमा एनआरएनए अष्ट्रेलियाले नेपालीको साझा संस्थाको रुपमा विश्वासिलो छवि बनाउन सक्यो । यस वर्ष एनआरएनए अष्ट्रेलियाको सदस्यता संख्या बढ्नुले पनि यो कुराको पुष्टि गर्छ ।

अध्यक्ष पदका दाबेदार चार प्रतिस्पर्धी मध्येबाट टोनु घोताने जितेर आउँदा एनआरएनए अष्ट्रेलिया आईसीसी बिल्डिंग लेभीले गर्दा आर्थिक हिसाबमा घाटामा गइरहेको थियो । उनको टिमले दुई वर्षे कार्यकाल सकेर छोड्दा एनआरएनए अष्ट्रेलिया ५० हजार डलर नाफामा पुगेको देखियो । त्यस्तै, एनआरएनए अष्ट्रेलिया २०१७ भन्दा अगाडी कानुनी तवरमा संस्थागत थिएन । घोतानेले नै संस्थालाई नियम संगत र कानुनि तरिकाबाट अगाडी लैजानुपर्छ भन्ने पहल गरे र फलस्वरूप एनआरएनए अष्ट्रेलिया कानुन अनुसार विधिवत रुपमा नै संस्थाको रुपमा परिचित हुन पुग्यो । एनआरएनए अष्ट्रेलियाका विधान तथा नियमहरु बनाइए । जसलाई यसपटकको टिमले पनि सकारात्मक रुपमा लिंदै अगाडी बढेको छ ।

त्यस्तै, एनआरएनए अष्ट्रेलिया एससीसीलाई पनि सचिव देव बहादुर गुरुङ, सुनिल भण्डारी र टोनु घोतानेको पहलमा कानुनि रुपमा दर्ता गरियो । एनआरएनए अष्ट्रेलियालाई च्यारिटेबल संस्थाको रुपमा स्थापित गर्नको लागि घोताने अष्ट्रेलियन च्यारिटी र नट फर प्रफिट कमिसनसंग सहकार्य गर्न अगाडी बढे । जसले गर्दा एनआरएनए अष्ट्रेलियामा दिइने डोनेसन ट्याक्स डीडक्टेबल हुने भयो । घोतानेले Law Reform Commission, NRNA Australia Law Interpretation Committee, NRNA Australia Disciplinary Committee को लागि समेत पहल गरे भने Patron Council लाई पनि सक्रिय बनाउन पहल गरे ।

टोनु घोतानेकै पहलमा एनआरएनए अष्ट्रेलियाले पहिलो पटक मेन्टल हेल्थ कमिटिको स्थापना गर्यो । अष्ट्रेलियामा घरेलु हिँसामा परेका तथा मानसिक रुपमा अस्वस्थ महसुस गरिरहेका नेपालीहरुका लागि यो कमिटिको कामले पुनर्जीवन समेत दिन सक्नेछ । त्यस्तै, यहाँ रहेका नेपालीलाई आवश्यक समयमा सहयोग गर्न तथा नेपाली समुदायलाई समृद्ध बनाउनको लागि २८ टास्कफोर्स बनाइए। टोनु घोतानेकै कार्यकालमा एनआरएनए अष्ट्रेलियाले विद्यार्थीहरुको लागि हेल्प डेस्क तथा सिपमुलक तालिम प्रदान गर्ने सुरुवात गर्यो । नेपाली समुदायलाई आवश्यक सहयोग गर्ने तथा संस्थामा आएको डोनेसनलाई व्यवस्थापन गर्ने र संगै संस्थालाई व्यवस्थित तथा अनुशासित तरिकाले अगाडी बढाउने उद्देश्यले एनआरएनए अष्ट्रेलिया फाउन्डेसन र नेपाली डायस्पोरा पोलिसी इन्स्टिच्युटलाई अगाडी ल्याउनु घोताने नेतृत्वको अर्को उपलब्धि रह्यो ।

दुई वर्षे छोटो कार्यकालमा सबै उद्देश्य पूरा प्राप नभएतापनि टोनु घोतानेले त्यसको लागि आधार बनाएर संस्थाको अध्यक्ष पदबाट बिदा भएका छन् । उनले स्थापना गरेका ती अधारलाई अगाडी बढाउने जिम्मेवारी अब नयाँ नेतृत्वलाई आएको छ । नयाँ नेतृत्वले घोतानेले स्थापना गरेका ती आधारमा रहेर तिनलाई अगाडी बढाउंदै जाँदा संस्थाको उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने प्रतिक्रिया दिनुले पनि टोनु घोतानेले एनआरएनए अष्ट्रेलियालाई नयाँ स्वरुप दिएर आफ्नो कुशल नेतृत्व क्षमतालाई प्रमाणित गरेको स्पष्ट हुन्छ ।

 

 

 

 

Taskforces and Committees

  1. Skills, Knowledge and Innovation (SKI) Committee
  2. Domestic Violence Awareness Program and Management Committee
  3. Pathibhara Shraddhashram Charity Management Taskforce
  4. Sports and Recreation Council Committee
  5. Mental Health Awareness Program & Management Committee
  6. NRNA Australia Welfare Fund Committee
  7. Nepali Language & Literature Committee
  8. NRNA Australia National Entrepreneur Conference Taskforce
  9. Australia Nepal Business Council Committee
  10. Collective Investment Committee
  11. Charity and Grant Program Management Committee
  12. Community, Embassy and Consulates Liaison & Promotion Committee
  13. Media, Newsletter and Publication Committee
  14. Walk for Welfare Taskforce
  15. Cultural Promotion and Management Committee
  16. Emergency and Rapid Response Committee
  17. Student Support Committee
  18. NRNA Australia Help Desk Committee
  19. Federal, State & Local Government Liaison & Lobby Committee
  20. Nepal Festival Taskforce
  21. NRNA Australia National Conference Taskforce
  22. NRNA Australia National Excellence Award Taskforce
  23. National and State Election Commission Taskforce
  24. One NCC One Investment One Employment Committee
  25. NRNA Australia Disaster Relief Fund Committee
  26. Association of Nepalese Organisations in Australia Committee
  27. Nepali Paathsala Committee
  28. Travel and Tourism Promotion Committee

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments