एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्ने क्रममा भारतले संसारलाई बुद्ध दिएको बताएका छन् ।

शुक्रबार संयुक्त राष्ट्र संघको महासभालाई संबोधन गर्दै मोदीले भने ,‘हामी त्यो देशको बासिन्दा हौं जसले संसारलाई युद्ध होइन बुद्ध दिएको छ ।’ मोदीले संयुक्त राष्ट्र संघमा १७ मिनेटमात्र बोलेका थिए । सो क्रममा उनले कयैन मुद्दा उठाए । उनले पाकिस्तानको नाम लिएनन् तर इशारामा पाकिस्तानको आलोचना गरे । मोदीले उग्रवाद संसारको लागि खतरा भएको बताउदैं भने ,‘हाम्रो आवाजमा आतंकविरुद्ध संसारलाई सतर्क गर्ने गम्भिरता पनि छ र आक्रोश पनि छ । ’

मोदीले आतकंवाद एक देशको मात्र नभएर सम्पूर्ण मानवताको सबैभन्दा ठूलो चुनौतीमध्य एक भएको बताए । उनले यस विरुद्ध एक जुट हुनु महत्वपूर्ण भएको बताए ।

Comments