मेलबर्न । सामाजिक संजाल फेसबुकले पछिल्लो समय एउटा परिक्षण सुरु गरेको छ । उक्त परिक्षण फेसबुकले अहिले अष्ट्रेलियामा सुरु गरेको छ ।

अष्ट्रेलियाका फेसबुक प्रयोगकर्ता मध्ये केहीले शुक्रबार देखि अरुको पोस्टमा गरिएका लाइक वा जनाइएका अन्य प्रतिक्रिया देख्न सक्ने छैनन् । पोस्टमा जनाइएका लाइक तथा जनाइएका प्रतिक्रिया पोस्ट राखेको व्यक्तिले देख्न सक्नेछ । तर अन्य व्यक्तिले भने ती लाइक तथा प्रतिक्रिया देख्न सक्नेछैनन् । फेसबुकले लाइकका आधारमा गरिने प्रतिस्पर्धा तथा सामाजिक दबाब घटाउनको लागि यस्तो परिवर्तनको परिक्षण गरिएको बताएको छ ।

कम्पनीकी प्रवक्ता मिआ गार्लिकले अष्ट्रेलियन एसोशिएटेड प्रेसलाई भनकी छिन्, “लाइक वा पोस्टमा जनाइएका प्रतिक्रियाको सङ्ख्यामा भन्दा अन्तरक्रिया तथा विषयस्तुको गुणस्तरबारे मान्छेले ध्यान दिऊन् भनेर हामीले सङ्ख्याको कुरा हामीले हटाउन लागेका हौँ।”

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments