मेलबर्न । भिसा तथा युनिभर्सिटीहरुले भर्नाको लागि विदेशी विद्यार्थीहरुको अंग्रेजी भाषा दक्षता बुझ्न परिक्षा लिने गर्छन् । यस्तो किसिमको अंग्रेजी भाषा परिक्षा IELTS र PTE गरि दुई प्रकारका हुन्छन् । अष्ट्रेलियामा पनि भिसा तथा युनिभर्सिटीको लागि PTE परिक्षा लिइने गरिन्छ ।

PTE परिक्षामा स्पिकिंग, राइटिंग, रिडिंग र लिसनिंगमा परिक्षा दिनुपर्ने हुन्छ । परिक्षा १ सय ८० मिनेटको हुन्छ र ७० प्रश्न सोधिएको हुन्छ । IELTS मा पेपरमा या कम्प्युटर सिस्टममा गरि दुई विकल्प मध्ये रोजेर परिक्षा दिन सकिन्छ भने PTE मा कम्प्युटर सिस्टममा मात्र परिक्षा हुन्छ । केही पेशाको लागि भने अष्ट्रेलिया सरकारले पीआर भिसाको लागि IELTS लाई मात्र मान्यता दिन्छ । त्यसैले अंग्रेजी भाषा परिक्षा दिनु अगाडी राम्रोसंग बुझेर मात्र निर्णय लिनुपर्छ ।

PTE को स्पिकिंग टेस्टमा स्थानिय लवज नै आउनुपर्छ भन्ने हुँदैन । तर शब्दहरु सही उच्चारण भने हुनैपर्छ । ब्रिटिश इङ्ग्लिस र अमेरिकन इङ्ग्लिस कुनैमा पनि परिक्षा दिन सकिन्छ तर एकै उत्तरमा दुईथरि इङ्ग्लिस भने मिलाउनु हुँदैन ।

टेस्ट सेन्टरको आधारमा पनि नतिजा फरक-फरक आउँछ भन्ने कतिपयको मान्यता छ । तर टेस्ट सेन्टरको बारम्बार परिक्षण गरेर मात्र टेस्ट संचालन हुने हुँदा टेस्ट सेन्टरको आधारमा नतिजा फरक आउंदैन । Source : SBS News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments