मेलबर्न । हिन्दु नेपालीहरुका ठूला चाड पर्व दैलोमा आइपुगेका छन् । नेपाल देखि टाढा अष्ट्रेलियामा रहेका नेपालीहरुले यसै अवसरमा आफ्नो कला संस्कृतिको जगेर्ना संगै आफ्नो जन्मभूमीको सम्झना गर्दै विभिन्न कार्यक्रमको आयोजना गरिरहेका छन् ।

जिलोंग र जिलोंग वरपर बस्ने नेपालीहरुको साझा संस्था जिलोंग नेप्लिज एसोसिएसनले ‘शुभ दशैं’ कार्यक्रमको आयोजना गरेको छ । एक आपसमा शुभकामना आदान प्रदान साथै नेपाली संस्कृतिको जगेर्ना र सबैजना एकसाथ भइ गाउँघरको झल्को मेट्दै चाडपर्वमा रमाइलो गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् ।

कार्यक्रम ‘शुभ दशैं’ आगामी अक्टोबर १२ मा ४०-७० Central Bonlevard , Armstrong Creek मा हुनेछ । कार्यक्रम दिउँसो ३ बजे देखि राति ८ बजेसम्म चल्ने बताइएको छ ।

Comments

comments