काठमाडौं ।  भारतमा उत्पादित गुणस्तर फेल भएका औषधि नेपाली बजारमा छ्याप्छ्याप्ती बिक्री हुने गरेका छन्। सरकारले प्रभावकारी बजार अनुगम नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हुदै आएको छ ।

जसको प्रत्यक्ष मारमा आमउपभोक्ता परेका छन्। गुणस्तरहीन औषधिले उपभोक्तामा गम्भीर साइड इफेक्ट पार्ने चिकित्सकले बताएका छन्।३७ भारतीय कम्पनीका औषधि गुणस्तरहीन भएको पाइएको हो।

भारतको सेन्ट्रल ड्रग स्टान्डसर्ड एन्ड कन्ट्रोल अर्गनाइजेशनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विभिन्न कम्पनीका औषधि गुणस्तर फेल भएको छ। गुणस्तर परीक्षणका आधारमा भारत सरकारले प्रतिवेदन सार्वजनिक गरेको हो। भारतको सेन्ट्रल ड्रग स्ट्यान्डर्ड एन्ड कन्ट्रोल अर्गानाइजेसनले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभिन्न ३७ वटा भारतीय कम्पनीका औषधिको गुणस्तर फेल भएका छन्। भारतले गत फेब्रुअरीको गुणस्तर परीक्षणका आधारमा प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रतिवेदन सार्वजनिक गर्दै भारतले बजारमा पुगेका गुणस्तर फेल भएका सबै औषधि फिर्ता ल्याउन निर्देशन दिँदै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ।

तर, भारतमा उत्पादन भएका ती औषधि नेपाली बजारमा समेत आउने गरेको छ। नेपाली बजारमा आइसकेका ती औषधिका विषयमा नेपालको औषधि व्यवस्था विभागले भने केही प्रक्रिया अगाडि बढाएको छैन। विभागले भारतबाट आउने औषधिको गुणस्तरका विषयमा प्रश्न उठ्दा समेत ती औषधि आयातकर्तालाई बोलाएर आवश्यक कारबाही अगाडि बढाएको छैन।

भारतले सार्वजनिक गरेको सूचि अनुसार ३७ वटा कम्पनीले उत्पादन गरेका विभिन्न ब्याचका औषधिको गुणस्तर फेल भएको छ। तीमध्ये अधिकांस कम्पनीका औषधि नेपालमा आउने गरेको छ।

गुणस्तर फेला भएका कम्पनीमध्ये लार्क ल्याबोरेटरीको नेपालमा बजारीकरण गर्ने काम आशु ड्रग प्रालीले गर्दै आएको छ। त्यस्तै,  बाल फर्माको औषधि हाम्रो मेडिको कन्र्सन, हिन्दुस्तान मेडिसिनको मिन्को फर्मा लिंक प्राली, ग्राक्योर फर्मास्युटिकल्सको ब्लु ओसियन, इन्डस्विफ्टको औषधि सिजल फर्मा रहेको छ।

यसैगरी, फेसेनिउस कवी अंकोलोजिका औषधि भाइटल हेल्थ केयर प्राली, अल्बर्ट डेविडको औषधि सुभम औषधि कम्पनीले आयात गर्दै आइरहेका छन्।

यी आयातकर्ताहरुले नै नेपाली औषधिको गुणस्तरका विषयमा प्रश्न उठाउँदै आएका थिए। दुई वर्षअघि गगन थापा स्वास्थ्यमन्त्री हुँदा नेपालमा पर्याप्त मात्रामा उत्पादन भएका औषधिको आयात रोक्न प्रक्रिया अगाडि बढाउँदै यी आयातकर्ताका प्रतिनिधीहरुले नै नेपाली औषधिको गुणस्तर कमजोर रहेको, आफ्ना कम्पनीको औषधिको गुणस्तर राम्रो भएको भन्दै आन्दोलन चर्काएका थिए।

सरकारले पहिलो चरणमा नेपालमा पर्याप्त मात्रामा उत्पादन भइरहेका ३० प्रकारको औषधि आयात रोक्ने तयारी गरिरहेको छ। हालका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले यसका लागि सरकारले प्रक्रिया अगाडि बढाइसकेको बताउँदै आएका छन्।

मन्त्री यादवले गुणस्तरीय ‍औषधि उत्पादनमा जोड दिँदै औषधिमा नेपाल आत्मनिर्भरतर्फ अगाडि बढ्नु पर्नेमा जोड दिँदै आइरहेका छन्।

भारतले सार्वजनिक गरेको गुणस्तर फेल भएका औषधि र कम्पनी

Comments

comments