काठमाडौं । यस वर्षको दसैंका लागि आज आइतबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

यातायात व्यवसायी र सरकारबीच दसैंमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि टिकट खुलाउने यसअघिको सहमतिअनुसार टिकट बुकिङ खुला गरिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आइतबारबाट बसको टिकट खुला हुने र शनिबार नै बसपार्कमा रिबन काटेर नागरिक सहायता कक्षको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालद्धारा उद्घाटन गरिएको जानकारी दिनुभयो ।

उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष राखिने पनि उहाँले बताउनुभयो । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा २६ भदौमा यातायात व्यवसायीसँग बसेको बैठकले आजबाट टिकट खुलाउने सहमति गरेको थियो ।

Comments

comments