काठमाडौं । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगमा सरकारी जग्गा अतिक्रमण सबैभन्दा बढी काठमाडौँ उपत्यकामा भएको उजुरी परेको छ । आयोगले जग्गा अतिक्रमणसम्बन्धी उजुर आह्वान गरेपछि यस्तो उजुरी परेको हो ।

जनकपुर, नवलपरासी, काभ्रेपलाञ्चोक लगायतका जिल्लाका पनि छन् । तर सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट उजुरी परेको छ ।

आयोगले उजुरी परेको निवेदनका आधारमा मालपोत कार्यालयमा रहेको जग्गा स्रेस्ता झिकाउने, मिसिल कागजात झिकाउने काम सुरु गरेको छ ।

आयोगका सचिव एवं भूमिसुधार तथा व्यवस्था एवं सहकारी मन्त्रालयका सहसचिव शङ्कर थापाका अनुसार, हालसम्म काठमाडौँ उपत्यकाका १५५ स्थानका जग्गा अतिक्रमण गरिएको उजुरी परेको छ ।

Comments

comments