काठमाडौं । संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झण्डा झिल्मिलाइने भएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज दुबई स्थित बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झिल्मिलाउने भएको हो ।

यूएईको स्थानीय समयानुसार शुक्रबार साँझ ९ः१० ( १० बजेर ५५ मिनेट नेपाली समय) मा झण्डा झिल्मिलाउने यूएईस्थित नेपाली दुतावासले आफ्नो फेसबुकमार्फत जनाएको छ । बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झिल्मिलाउन लागेको यो पहिलो पटक हो ।

Photo Source : disguise.one

Please follow and like us:

Comments