मेलबर्न । नेपाली हिन्दु धर्मालम्बीहरुका चाड नजिकिंदैछ । सबैभन्दा ठूलो चाड मानिने बडादशैं, तिहार र त्यससंगै नेवारी समुदायको म्ह पूजा तथा मधेसी समुदायको छठपर्व आउन अब केही दिन मात्र बाँकी छ । नेपाल देखि टाढा रहेका अष्ट्रेलियावासी नेपालीहरुले आफ्नो कला संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धन गर्दै चाडपर्वहरु मनाउने तयारि गरिरहेका छन् ।

यसै सिलसिलामा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । जनसम्पर्क समिति अष्ट्रेलियाका दुर्गा आचार्यले शुभकामना आदानप्रदान संगै चियापानको यस कार्यक्रमले नेपालीहरुको सद्भाव तथा एकतालाई अझ बलियो बनाउन सहयोग पुर्याउने विश्वास रहेको बताउनुभयो । कार्यक्रम बारे जानकारी दिंदै आचार्यले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भइदिन आग्रह समेत गर्नुभएको छ ।

शुभकामना आदानप्रदान कार्यक्रम सेप्टेम्बर,२१ शनिबारको दिन कोबर्गलेक पार्कमा दिउँसो १२ बजे देखि सुरु हुनेछ ।

Comments

comments