मेलबर्न । रिजनल क्विन्सल्याण्डले दक्ष कामदारको लागि भिसा खुल्ला गरेको छ । रिजनल क्विन्सल्याण्डले रेष्टुरेन्ट सुपरभाइजर, चाइल्डकेयर वर्कर लगायत ७० पेशाका लागि भिसा खुल्ला गरेको हो ।

सेप्टेम्बर १२ देखि रिजनल क्विन्सल्याण्डको लागि Designated Area Migration Agreement कार्यक्रम लागु भएको छ । यस कार्यक्रम अन्तर्गत पहिलो वर्षमा २ सय जनाको लागि पद खुल्ला गरिने बताइएको छ । यसमा उक्त क्षेत्रका रोजगारदाताले स्पोन्सर गरेपछि मात्र भिसा प्रदान गरिन्छ । यो Temporary Skill Shortage (TSS subclass 482) अन्तर्गत पर्छ र यसमा कामदारले स्वतन्त्र रुपमा भिसा अप्लाई गर्न पाउँदैनन ।

भिसा तथा पेशाको बारेमा थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments