आइसिसी विश्व क्रिकेट लिग डिभिजन थ्री अन्तर्गत नेपाल र युगाण्डाबीचको खेल जारी रहेको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको युगान्डाले २०४ रनको चुनौती नेपालसामू पेश गरेको छ । निर्धारित ५० ओभरको खेलमा युगाण्डाले ८ विकेटको क्षतिमा २०३ रन बनाएपछि नेपालले २०४ रनको लक्ष्यका पाएको हो । खेलमा कप्तान पारस खड्काले सर्वाधिक तीन विकेट लिए भने बसन्त रेगमी र सोमपाल कामीले समान २ २ विकेट लिएका थिए । त्यसैगरी सागर पुनले एक विकेट मात्र लिन सफल भए । नेपालले अहिले केहिबेरमा व्याटिङ गर्दैछ ।

Please follow and like us:

Comments