काठमाडौ । नेपाल वायुसेवा निगममा सुधार ल्याउने गरी सुझाव दिन बनाएको पाँच सदस्यीय कार्यदलले नाफा हुने क्षेत्रमा उडान भर्नका लागि अझै २ ठूला जहाज किन्न सुझाव दिएको छ ।

समितिका संयोजक पूर्वसचिव सुशील घिमिरेले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई आज आफ्नो प्रतिवेदन बुझाउने क्रममा दुई ठूला एयर बस भित्र्याउन सुझाव दिनुभएको हो । समितिले प्रतिवेदन बुझाउँदै आर्थिकरुपमा जर्जर रहेको निगमलाई सुधार गरेर अघि बढाउन रणनीतिक साझेदार भित्र्याउन पनि सुझाव दिएको छ । अष्ट्रेलियाको सिड्नी लगायतका क्षेत्रमा नाफा हुने क्षेत्रमा उडान थप्नको लागि दुईवटा एयरबस ३२० ल्याउनु पर्ने समितिले सरकारलाई दिएको सुझाव दिएको छ । निगमलाई बलियो बनाउन जहाज किन्नुअघि खरिद ’नेगोसियसन’का विशेष टोली बनाउनु पर्ने सुझाव पनि समितिले दिएको छ ।

भट्टराईले पर्यटन मन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै गत साउन २२ गते वायु सेवानिगम सुधार समिति गठन गरेका गर्नुभएको थियो ।

Comments

comments