काठमाडौं । विश्वकर्मालाई दुनियाँका सबैभन्दा पहिलो वास्तुकार मानिन्छ । प्राचिन कालका सबै राजधानी विश्वकर्माले नै निर्माण गरेको धार्मिक मान्यता छ । स्वर्गलोक, सुनको लंका, द्वारिका, हस्तिनापूर सबै विश्वकर्माले निर्माण गरेका थिए । त्यसैले विश्वकर्मालाई हरेक वर्ष विशेष किसिमले सम्झना गर्दै पूज्ने गरिन्छ । कन्या संक्रान्तिको दिनमा विश्वकर्माको जन्म भएको मान्यता छ । जसअनुसार, हरेक वर्ष कन्या संक्रान्तिको दिनमा विश्वकर्माको पूजा गर्ने गरिन्छ ।

विश्वकर्मा पूजाको दिनमा उद्योग, कलकारखाना, यातायात तथा फलामका वस्तुहरुलाई पूज्ने गरिन्छ । उक्त दिनमा उद्योग कलकारखाना बन्द गरेर नै धुमधामका साथ विश्वकर्माको पूजा गर्ने चलन छ । यसरि विश्वकर्माको पूजा गर्नाले कलकारखानामा हुने दुर्घटनाको सम्भावना हट्ने, प्रगति हुने तथा आम्दानी बढ्ने र सुख समृद्धि छाउने विश्वास राखिन्छ । कलाकार, शिल्पकार तथा व्यापारीहरुले यस दिनलाई विशेष दिनको रुपमा लिन्छन् ।

विश्वकर्मा पूजाको दिनमा विश्वकर्माको मूर्ति भित्र्याउने गरिन्छ । उक्त मूर्तिको अगाडी रहेर पूजा गरिन्छ । पूजामा दीप, धूप, सुपारी, फल, फूल आवश्यक हुन्छ । पूजा गर्दा हातमा फूल र अक्षता लिई प्रार्थना गर्नुपर्छ । विवाहित व्यक्तिले आफ्नो जोडीको साथ रहेर विश्वकर्माको पूजा र आरती गर्नुपर्ने मान्यता छ । विश्वकर्मा पूजा सकिएपछि अर्को दिन विश्वकर्माको मूर्तिलाई नदीमा लगेर सेलाउनुपर्छ ।

विश्वकर्माको मूर्ती संगै औजारहरु, मेसिनहरुको समेत पूजा गर्ने गरिन्छ । त्यस्तै, यातायातको साधन भएकाहरुले यातायातको साधनको पनि पूजा गर्ने प्रचलन छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments