काठमाडौँ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान तथा अवतरण नियमित रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

आन्तरिक तथा बाह्य उडानका लागि चाहिने भिजिबिलिटी रहेकोले बुधबार बिहान मौसमका कारण उडान तथा अवतरणमा कुनै समस्या नरहेको विमानस्थलले जनाएको छ । मंगलबार अपरान्ह मौसम प्रतिकूल बनेका कारण केही घण्टा उडान तथा अवतरण प्रभावित भएको थियो । तर बुधबार त्यस्तो कुनै समस्या नरहेको जनाइएको छ ।

मौसम बुधबार दिनभर नै बदलीकै अवस्थामा रहने भए पनि विमान उडान तथा अवतरण नै प्रभावित हुने गरी मौसम प्रतिकूल बन्ने सम्भावना कम रहेको मौसमविदको भनाई छ ।

Comments

comments