काठमाडौं । लुक्लाबाट काठमाडौ आउदै गरेको ७ वटा हेलिकोप्टर काभे र सिन्धुलीका विभिन्न ठाउँमा अवतरण गरिएको छ ।

मौसम खराबीले सोलुखुम्बुको लुक्लाबाट उडेका ७ वटा हेलिकोप्टर काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा अवतरण गरिएको हो । मनाङ, सिम्रिक र कस्मिक एयरका हेलिकोप्टर काभ्रेमा अवतरण भएका हुन् । लुक्लास्थित लुक्ला तेन्जिङ हिलारी विमानस्थल मौसम खराबीले ३ दिनदेखि अवरुद्ध छ । उडान अवरुद्ध हुँदा पर्यटक तथा हवाई यात्रु अलपत्र परेका छन् ।

बाक्लो कुहिरोका कारण भीजीबीलीटी अत्यन्त न्यून रहेकाले हवाइजहाज तथा हेलिकोप्टर कुनै उडान तथा अवतरण हुन नसकेको हो । विमानस्थल वरपरको भीजीबीलीटी ५० मिटरभन्दा तल रहेको छ, जसलाई उडान क्षेत्रमा शून्य मानिन्छ ।

नागरिक उड्डयन कार्यालय लुक्लाका हवाई उडान अधिकृत अरुण कर्णले मौसम खराबीका सबै उडान अवरुद्ध भएको जानकारी दिनुभएको छ ।

Comments

comments