काठमाडौं । डेंगुका बिरामी बढेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सरकारसँग थप बजेटको माग गरेको छ ।

डेंगुका बिरामीको भिड बढेपछि वर्षिक बजेट १५ दिनमै सकिएको अस्पतालले जनाएको छ । बिरामीको चाप बढ्दै गएपछि अस्पतालले मन्त्रालयसँग थप ५ करोड बजेट माग गरेको अस्पतालका कार्यकारी अधिकृत रुपनारायण खतिवडाले बताउनुभयो । अस्पतालमा डेंगु पहिचान गर्ने किट र रगत परीक्षण गर्ने मेसिन थप गर्न रकम माग गरेको अधिकृत खतिवडाको भनाई छ ।

अस्पतालमा डेंगुका बिरामी बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. सुरेन्द्र यादवले केही समय अगाडि निःशुल्क परीक्षण गराउन निर्देशन दिनुभएको थियो । तर अस्पतालले निःशुल्क नभइ कम शुल्कमा परीक्षण भइरहेको जनाएको छ ।

Comments

comments