होबर्ट । नेपाली हिन्दुहरुको महान चाड बडादशैं नजिकिंदै छ । यसै अवसरमा अष्ट्रेलियावासी नेपालीहरुले विभिन्न दशैं विशेष कार्यक्रमहरुको आयोजना गरिरहेका छन् ।

दशैंकै अवसरमा अष्ट्रेलियाको तस्मानियामा दशैं साँझ हुनेभएको छ । एनआरएनए एससीसी तस्मानियाले कार्यक्रमको आयोजना गरेको हो । आगामी २९ सेप्टेम्बर, आइतबार हुने उक्त दशैँ साँझमा लोकप्रिय गायक प्रमोद खरेलका प्रस्तुतिहरु रहनेछन् । कार्यक्रम Moonah Arts Center मा हुनेछ ।

दशैं साँझको लागि प्रवेश शुल्क २५ डलर लाग्ने आयोजकले बताएका छन् । कार्यक्रमलाई इशान एजुकेशन एण्ड माइग्रेसन, कृश रिमुभल्स र बिएमडब्लु एजुकेशन कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments