काठमाडौं । आइतबारदेखि मंगलबारसम्म देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा पश्चिमी भाग आसपासमा रहेको र पुर्वी भाग थोरै उत्तर तर्फ रहेकाले बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभरको मौसमी गतिबिधि बढेको मौसम विज्ञान विभागले जनाएको छ ।

आइतवार देशभर आंसिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशको पुर्वी तथा मध्य भू–भागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

सोमबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पहाडी भेगका एक वा दुर्इ स्थानमा भारी वर्षाको सम्भावना छ।राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

मंगलबार देशभर सामान्य बदली रही मध्य भू–भागका धेरै स्थानमा साथै पूर्ब तथा पश्चिमका केही स्थानमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका मध्य तथा पश्चिमी भेगका एक वा दुर्इ स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । राति देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य तथा पुर्वका धेरै स्थानमा साथै पश्चिमका केही स्थानमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको केही स्थानमा भारी वर्षाको सम्भावना छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments