उनलाई आवाजको दुनियाँ मनपर्छ । उनी अर्थात् ‘उज्ज्वल घिमिरे’ । नेपाल एफ.एम हुँदै कालिका एफ.एममा कार्यक्रम संचालक बनेर काम गर्दा देखि नै उज्ज्वल गीतसंगीत प्रति आकर्षित थिए । संगीतमा नै डुब्न मन पराउने उनलाई र्याप गीतप्रति बढी लगाव थियो ।

नेपालमा विदेश जाने लहर चलिरहेको थियो । २००७ / २००८ सालमा Ujk नामबाट र्याप गीतमा गायनको सुरुवात गर्दागर्दै उज्ज्वलमा पनि अष्ट्रेलिया जाने रहर पलायो । २००९ मा उनी अष्ट्रेलियाको लागि उडे । अष्ट्रेलियाको जीवनशैली सोंचे भन्दा भिन्न भइदियो । र्याप गायनमा चलेका उनका पाइला अष्ट्रेलिया पुगेपछि रोकिए जस्तै भयो । पढाइ र काम बीच समय व्यवस्थापन गर्दागर्दै वर्षहरु बित्दै गए । पढाइ र कामको व्यस्त तथा संघर्षपूर्ण जीवनशैलीका कारण म्युजिक भिडियो निर्माण गर्न, सांगीतिक क्षेत्रमा बाहिर आउन नपाएतापनि उनले गीतहरु सिर्जना गर्ने भने छोडेनन् ।

संगीत, कार्यक्रम संचालनमा अनुभव बटुलेका उज्ज्वल मनोरन्जनात्मक क्षेत्रप्रति आकर्षित थिए । त्यसैले अष्ट्रेलिया पुगेको केही वर्षपछि उनले इभेन्टहरु होस्ट समेत गरे । मान्छेभित्र रहेको रुची र त्यसमा केही गर्ने इच्छाशक्ति जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि र जतिसुकै वर्षसम्म पनि जीवित रहिरहन्छ । उज्ज्वलको र्याप संगीत प्रतिको रुची र त्यसमा केही गर्ने इच्छाशक्ति सधै जीवित थियो । त्यसैले त करिब दश वर्ष पछि उनले इभेन्ट होस्ट संगै फेरी संगीतलाई निरन्तरता दिने निधो गरे ।

उज्ज्वल अहिले आफ्नो सांगीतिक नाम Ujk बाट परिचय बनाउने प्रयासमा अगाडी बढेका छन् । अष्ट्रेलियामा रहेर आफ्नो सांगीतिक रुचीलाई अगाडी बढाउने कोसिस गरेका नेपाली युवाहरुको समूह ‘Make Money Records ‘ मा आबद्ध उनी मिस्टा चाम्लिङ्ग र समूहका साथीहरुको साथले अझ प्रेरणा मिलेको बताउँछन् । 

Ujk को नयाँ म्युजिक भिडियो ‘मेरो देश’ केही दिन अगाडी मात्र युट्युब मार्फत सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोमा उनले विदेशमा बस्ने नेपाली युवाहरुको आफ्नो देशप्रतिको मायालाई शब्दमा उतारेका छन् । Ujk ले आफू अष्ट्रेलिया जाँदाको नेपाल र छुट्टीमा आउँदाको नेपालमा पाएको फरकपनका अनुभवलाई गीत मार्फत व्यक्त गरेका छन् ।

संगीतको माध्यमबाट नै युवाहरुमा सकारात्मक सोंच र उत्प्रेरणा जगाउन प्रयासरत रहने Ujk बताउँछन् । उनी पश्चिमा शैलीका गीतमा नेपालीपन मिलाएर संगीतप्रेमीहरुलाई नयाँ स्वाद पस्किन चाहन्छन् । उनी आफ्ना र्याप गीतहरु लोकगीत र र्याप गीत सुन्ने दुवैका लागि मन छुने हुन् भन्ने चाहन्छन् ।

आफ्नो सांगीतिक जीवनलाई अब निरन्तरता दिने अठोट लिएका Ujk को यसपाली दशैंमा आमा म्युजिक भिडियो आउंदैछ । बीचको समयमा रेकर्ड गर्न नपाएका गीतहरुलाई समेत उनी छिट्टै म्युजिक भिडियोको रुपमा निर्माण गर्ने योजनामा छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments