एडलेड । नेपालमा शुक्रबार अर्थात १३ सेप्टेम्बरमा इन्द्रजात्रा मनाइदै छ । आफ्नो परम्परा तथा संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धनमा सधैव जुट्ने अष्ट्रेलियावासी नेपालीहरुले यसै अवसरमा अष्ट्रेलियामा इन्द्रजात्रा मनाउने भव्य तयारि गरेका छन् ।

१५ सेप्टेम्बर अर्थात आगामी आइतबार हुने उक्त इन्द्रजात्रामा कुमारी जात्रा, लाखे नाच, पुल्किसी, धिमे बाजा, समयबजी, नेवारी नृत्य लगायत विभिन्न सांस्कृतिक तथा मनोरन्जात्मक कार्यक्रमहरु समावेश गरिने आयोजकले बताएका छन् । कार्यक्रममा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

कार्यक्रमको उद्देश्यको बारेमा आयोजक संस्था गुठी साउथ अष्ट्रेलियाका अध्यक्ष मंगलमान बज्राचार्य भन्नुहुन्छ, ” नेपालका प्राचिन तथा सांस्कृतिक कुराहरुलाई विश्वसामु फैलाउनुपर्छ र अहिले हामी देश बाहिर बसिरहेको अवस्थामा यो हाम्रो कर्तव्य पनि हो । इन्द्रजात्रा कार्यक्रम हाम्रो यस्तै एउटा प्रयास हो । यस कार्यक्रमको माध्यमबाट एडलेडमा नेपालको परिचय दिन सकिनेछ भन्ने हामीले विश्वास लिएका छौं ” ।

इन्द्रजात्रा- २०१९ Edwardstown Masonic Hall मा १ बजे देखि सुरु हुनेछ । कार्यक्रमलाई ग्रेस इन्टरनेशनलले मूख्य प्रायोजन गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments