मेलबर्न । अष्ट्रेलियन सिटिजनसिप अप्रुभलमा ८० प्रतिशतले वृद्धि भएको छ । सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा २०१८-१९ मा सिटिजनसिप अप्रुभल ८० प्रतिशतले वृद्धि भएको हो ।

इमिग्रेसन मन्त्री डेभिड कोलम्यानले सिस्टम तथा स्टाफमा ९ मिलियन डलर लगानी गरि अझ छिटो, छरितो र प्रभावकारी ढंगले कामलाई अगाडी बढाइएकोले सिटिजनसिप अप्रुभल संख्यामा वृद्धि भएको बताएका छन् । अनलाइन लजमेन्ट गर्न सकिने, अन्तर्वार्ता र फाइनल प्रक्रिया बीचको समय आधा भन्दा बढी घटाईनुका कारण सेवा छिटो, छरितो भएको उनले बताएका छन् ।

गत वर्ष अर्थात २०१७-१८ मा सिटिजनसिप अप्रुभल संख्या ८१ हजार थियो भने २०१८-१९ मा उक्त संख्या १ लाख ४५ हजार भयो । त्यस्तै, २०१९ मा एप्लिकेसन पेनडिंग संख्या समेत न्युन भएको छ । Source : SBS News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments