मेलबर्न । अष्ट्रेलियाको गोल्ड कोष्टमा सम्पन्न तेक्वान्दो नेसनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपाली मुलका स्पन्दनले रजत पदक जितेका छन् ।Australian Taekwondo National Championship 2019 टुर्नामेन्टमा featherweight समूहको प्रतिस्पर्धामा नेपाली मुलका १३ बर्षीय स्पन्दन थापा रजत पदक जित्न सफल भएका हुन् ।

स्पन्दनले बच्चा अवस्था देखि नै खेलकुदमा रुची राख्ने गरेको उनका आमाबुवा बताउनुहुन्छ । जसअनुसार, उनले आफ्नो पढाइ संगसंगै तेक्वान्दो खेललाई रोजे । सन २०१६ देखिनै भिक्टोरियामा आयोजना भएका टुर्नामेन्टहरुमा सहभागी हुँदै उनले विभिन्न पदकहरु प्राप्त गरिसकेका छन ।

आफ्नो रुचीमा पनि कडा मेहनत गर्ने स्पन्दन भिक्टोरिया स्टेट सेलेक्सन टुर्नामेन्टमा सफल भइ National Champion Tournament का लागी आफूलाइ दह्रो रूपमा उभ्याउन सफल भएका थिए । उनी आबद्ध तेक्वान्दो प्लस अष्ट्रेलिया क्लब प्रशिक्षक मार्कोले बधाई दिदै स्पन्दनले आगामी दिनहरूमा तेक्वान्दोमा अझै धेरै प्रगती गर्न सक्नेमा आफू र क्लब ढुक्क रहेको बताएका छन् ।

प्रतियोगितामा सहभागी विभिन्न देशहरू मध्ये एक मात्र नेपाली रहेका स्पन्दन पढाइमा समेत उत्तिकै अब्बल छन् । स्पन्दनको परिवार लामो समयदेखि मेलबर्नमा बसोवास गर्दै आएको छ । परिवारमा उनका आमाबुवा सुमी श्रेष्ठ, शंकर थापा र एक भाइ हुनुहुन्छ । स्पन्दनका बुवा शंकर थापा मेलबर्न नेपलीज कम्युनीटि वेस्टका वर्तमान अध्यक्ष तथा विभिन्न सामाजिक संस्थामा सक्रिय भूमिका निभाउदै आउनुभएको छ भने स्पन्दनकी आमा सुमी श्रेष्ठ रजिस्टर नर्सको रुपमा कार्यरत हुनुहुन्छ । छोराको यो मेहेनत र सफलताप्रति गर्व लागेको बताउंदै उहाँहरु भन्नुहुन्छ,” यो हाम्रो लागि मात्र नभई सम्पूर्ण नेपाली समुदायको लागि खुशीको कुरा हो ” ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments