काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले स्मार्ट ट्राफिक पुलिस योजना सार्वजनिक गरेका छन् ।

महाशाखाको नयाँ नेतृत्व सम्हाल्नुभएका प्रमुख भीमप्रसाद ढकालले आज एक पत्रकार सम्मेलनकाबीच ७ वटा प्राथमिकताका योजना सार्वजनिक गर्नुभएको हो । ढकालले आफ्नो पहिलो प्राथमिकता स्मार्ट ट्राफिक पुलिस बनाउनेमा हुने जनाइएको छ । उहाँले दोस्रो प्राथमिकतामा सर्वसाधारणको समस्याको सुनुवाई र समाधानमा तादरुकता रहेको बताउनुभयो । प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड दिइने उहाँको भनाइ थियो ।

राजधानीलाई आधुनिक, सहज र प्रभावकारी बनाउन ट्राफिक प्रहरीको कदम मात्र पर्याप्त नहुने बताउदै ढकालले सबै सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले ट्राफिक अनुशिक्षण र जनचेतनामा विशिष्टिकरण गर्ने प्रतिवद्दता पनि व्यक्त गर्नुभयो ।

Please follow and like us:

Comments