काठमाडौं । एक युवतीमाथि सार्वजनिक बसमा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका संविधानसभाका सदस्य योगेन्द्र घिसिङमाथि ललितपुर प्रहरीले अभद्र व्यपहार गरेको अभियोग लगाउँदै मुद्दा दर्ता गरेको छ ।

भैंसेपाटी–रत्नपार्क चल्ने सार्वजनिक बसमा चढेकी एक युवतीमाथि घिसिङले अभद्र व्यवहार गरेपछि उनलाई सोमबार ललितपुर प्रहरीले पक्राउ गरेको थियो । ललितपुर प्रहरीका एसपी दुर्गा सिंहका अनुसार उनीमाथि अभद्र व्यवहारको मुद्दा दर्ता भएको हो ।
घिसिङ २०७० सालमा तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फवाट समानुपातिकतर्फबाट सभासद् बनेका थिए । संविधान निर्माणलगत्तै उनले पार्टी छोडेको घोषणा गरेका थिए ।

Comments

comments