काठमाडौँ । १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आइतबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा आयोजक श्रीलंकासँग पाँच विकेटले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा आइतबार बंगलादेशको सामना गर्न लागेको हो ।

बंगलादेशले पहिलो खेलमा युएईलाई ६ विकेटले पराजित गरेको थियो । नेपाललाई सेमिफाइनलमा पुग्नका लागि बंगलादेशसँगको खेल जित्नु पर्ने हुन्छ । खेल बिहान सवा १० बजेपछि सुरु हुनेछ ।

नेपाल र बंगलादेशबिच भएका खेलहरु हेर्ने हो भने बंगलादेश बलियो देखिन्छ । नेपाल र बंगलादेशबिच भएका पछिल्ला पाँच खेलमा बंगलादेशले ४ खेल जितेको छ भने एउटा खेल रोकिएको थियो ।

जारी प्रतियोगितामा नेपाल समूह बी मा छ। समूह बी मा नेपालसँगै श्रीलंका, बंगलादेश र युएई छन्।

Comments