एजेन्सी । युरोकप २०२० को छनौट अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्सले प्रभावशाली जित दर्ता गरेका छन्।

विश्व विजेता फ्रान्सले समूह एच अन्तर्गतको खेलमा अल्बानियालाई ४–१ ले पराजित गरेको हो । फ्रान्सको जितमा किङ्गस्ली कोम्यानले दुई तथा ओलिभर जिरउड र जोनथन इकोनले एक गोल गरे। अल्बानियाका लागि किकालिशीले एक गोल फर्काए ।

कोम्यानले ८ र ६८ औँ मिनेटमा गोल गरेका हुन् । जिरउडले २७ तथा इकोनले ८५ औँ मिनेटमा गोल गरेर फ्रान्सलाई बलियो अवस्थामा लगेका हुन् । अल्बानियाका लागि किकालिशीले ९० औँ मिनेटमा एक गोल फर्काएका हुन् ।

अर्को खेलमा आइसल्याण्डले माल्डोभालाई ३–० ले पराजित गरेको छ । सोही समूहको खेलमा टर्कीले एन्डोरालाई १–० ले पराजित गरेको छ ।

फ्रान्सको खेल लगत राष्ट्रिय गान बजाएका कारण तोकिएको समय भन्दा १० मिनेटपछि सुरु भएको थियो । फ्रान्सको राष्ट्रिय गानको सट्टा एन्डोराको राष्ट्रिय गान बजाइएको हो ।

Comments

comments