काठमाडौं । पछिल्लो समय प्रकोपका रुपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा९इडिसिडी०को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै बैशाखयता करिब ७ हजार छन् ।

निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा करिब ७० हजार पुग्ने चिकित्सकको आंकलन छ ।

इडिसिडीको तथ्यांकअनुसार वैशाखदेखि असारसम्म ३ हजार ४२५ जना र साउनयता ३ हजार ५८० जना उपचार गराउन अस्पताल आइपुगका छन् । यो सरकारी क्षेत्रको रिर्पोटेड तथांक हो । निजीसहित गर्दा ७० हजार डेंगुले बिरामी पुगेको अनुमान छ ।

Comments

comments